महिला कप एकायन कराते सम्पन्न

२०८१, २४ फाल्गुन शनिबार १९:४०

नेपाल एकायन कराते संघको आयोजनामा प्रथम महिला कप (वमेन्स कप) एकायन कराते प्रतियोगिता २०८१, बहुउद्देश्यीय मार्शल आर्ट केन्द्र, खुशीबुँ, काठमाडौंमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको उद्घाटन समारोहमा काठमाडौं महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष श्री रोजीना श्रेष्ठको प्रमख आतिथ्यता रहेको थियो ।

नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलको सभापतित्वमा संचालित कार्यक्रममा विशिष्ट अतिथि महिला व्यवसायी श्रीमती लक्ष्मी शर्माज्यू, नेपाल एकायन कराते संघका केन्द्रकी सल्लाहकारहरु शंकर महर्जन, रमेशमान मुनिकार, नेपाल एकायन कराते संघका सल्लाहकारहरु विरकृष्ण श्रेष्ठ, धर्मदेव महर्जन, निरोज कर्माचार्य, गोजुरियो कराते काठमाडौं जिल्ला अध्यक्ष एवं वरिष्ठ प्रशिक्षक राजकुमार श्रेष्ठ, मेरिहोम मन्टेशवरी तिनथानाका प्रिन्सिपल सरिता खनाल, शिला दानी, समाजसेवी छिरिङ्ग शेर्पा, लक्ष्मीरत्न तुलाधर, ज्ञानी श्रेष्ठ, मिना मानन्धर, आशा शाक्य, प्रशिक्षक केदारेश्वरमान स्थापित, जापान गोजुरियो कराते डो संघका अध्यक्ष विदुर कुँवर समेतको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा नेपाल एकायन कराते संघका केन्द्रिय सल्लाहकार धर्मदेव महर्जनले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने प्रतियोगिताको कार्यक्रम संचालन साउथ एसियन एकायन कराते संघका उपाध्यक्ष शशी कपालीले गर्नु भएको थियो । प्रतियोगितामा विभिन्न विद्यालयका तथा प्रशिक्षण केन्द्रका ७० जना महिला खेलाडीहरुको सहभागिता रहेको थियो ।

यस प्रतियोगितामा जम्मा ७ वटा तौल समूहहरुमा प्रतियोगिताका खेलहरु संचालन भएका थिए । उपरोक्त तालिका अनुसार महिलातर्फ ३० के.जी मुनि तौल समूहमा प्रार्थना बज्राचार्यले स्वर्ण, सन्जिता तामाङ्गले कास्य र समिक्षा तामाङ्गले रजत पदक प्राप्त गर्न सफल भए भने ३५ के.जी. मुनि तौल समूहमा रेखा रोकायाले प्रथम, अन्जु राईले द्वितीय र सविना तामाङ्गले तृतिय स्थान हासिल गरिन् ।

त्यसैगरी ४० के.जी. मुनि तौल समूहमा समृद्धि शाहीले स्वर्ण पदक, वर्षा वाइबाले कास्य पदक र पलिष्ठा बज्राचार्यले रजत पदक प्राप्त गर्न सफल भईन् । त्यसैगरी ४५ के.जी. मुनि तौल समूहमा सम्झना तामाङ्गले स्वर्ण पदक, विपना घिसिङ्गले कास्य पदक र सहाना भुजेलले रजत पदक प्राप्त गर्न सफल भईन् । ५० के.जी. मुनि तौल समूहमा अन्जना तामाङ्गले स्वर्ण पदक, रेश्मिला राईले कास्य पदक र युनिका लिम्बुले रजत पदक प्राप्त गर्न सफल भईन् भने ५५ के.जी. मुनि तौल समूहतर्फ सपना गोपाली र विविषा परियारले क्रमशः प्रथम र द्वितिय स्थान हासिल गरे भने पुजना तामाङ्गले तृतिय स्थान हात पार्न सफल भइन् ।

यसैगरी खुल्ला तौल समूहतर्फ विनिता थिङ्ग र स्मारिका माझीले क्रमशः प्रथम र द्वितिय स्थान हासिल गरे भने अस्मिता तामाङ्ग‌ले तृतिय स्थान हात पार्न सफल भइन् ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि लगायत अन्य विशिष्ट अतिथिज्यूहरुले प्रमाणपत्र, मेडल तथा ट्रफीबाट पुरस्कृत गर्नु भएको थियो । साथै अन्य सहभागी सम्पूर्ण खेलाडीलगायत खेल पदाधिकारीहरुलाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

उक्त प्रतियोगिताको निर्णायकमा विष्णुमान शाक्य र भरत धौलाकोटी, मुख्य निर्णायकमा किशोर तामाङ्ग र रुपेश मगर तथा निर्णायकहरुमा राजेन्द्र तामाङ्ग, सुरेश धौलाकोटी, शंकर धौलाकोटी, हिमाल सागर, उर्मिला विश्वकर्मा, सुमन महर्जन, पृथ्वी खतिवडा, आशिष घिमिरे, श्रीराम राना, र अविषेक तामाङ्ग, मनिष राई, राजेश श्रेष्ठ, निर्जला श्रेष्ठ, समृद्ध तण्डुकार, उज्ज्वल विष्ट रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *