काठमाडौं । नेपाल खेलकुद महासंघ समाजवादीको राष्ट्रिय महाधिवेशन चैत्र १८ र १९ गते नयाँ बानेश्वरस्थित थापा गाउँमा हुने भएको छ

महाधिवेसनको पूर्व प्रधानमन्त्री एंव नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनमा ७७ जिल्ला, ७ प्रदेश र ३७ खेल संघहरुबाट गरी ४ सय ४२ जना प्रतिनिधी सहभागी हुनेछन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव एंव महासंघका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा हुने यस महाधिवेशनले आगामी कार्यकालका लागि केन्द्रिय कमिटीको निर्वाचन मार्फत नयाँ कमिटी निर्माण गर्ने प्रचार विभाग प्रमुख नारायणदास गमालले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *