बंगालदेशका पूर्वकप्तान तमिम इक्बाललाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई ढाका प्रिमियर लिगमा खेल्दै गर्दा समस्या देखिएको थियो ।
मोहम्मडन स्पोर्टिङ क्लबको नेतृत्व गरिरहेका उनले खेलको टसपछि छाती दुखेको गुनासो गरेका थिए र प्रारम्भिक उपचारपछि अस्पताल लगिएको थियो ।
बंगलादेश क्रिकेट बोर्डका मेडिकल अफिसर देबाशीष चौधरीका अनुसार तमिमको मुटु अहिले राम्रोसँग काम गर्दैछ । उनको उपचार ढाकाको बाहिरी इलाकामा रहेको सावरको अस्पतालमा भइरहेको छ ।
तमिमले २००७ देखि २०२३ सम्म ३९१ खेल खेल्दै बङ्गलादेशको प्रतिनिधित्व गरेका छन् । उनले १५ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाएका छन् र तीनवटै फर्म्याटमा शतक प्रहार गर्ने एक मात्र बंगलादेशी ब्याटर हुन् ।
