भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आज एक खेल हुँदै छ ।

आज राजस्थान रोयल्स र कोलकोता नाइटराइडर्सबीच खेल हुदै छ । गुहाटीमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुने छ ।

दुवै टिमले यस सिजनमा आ-आफ्नो पहिलो खेलमा हार बेहोरेकाले दुवैका लागि यो खेल महत्वपूर्ण रहेको छ ।

पहिलो खेलमा कोलकोता रोयल च्यालेंजर्स बैंगलुरुसँग पराजित भएको थियो भने राजस्थान सनराइजर्ससँग हारेको थियो ।

कोलकोताका लागि पहिलो खेलमा फ्लप रहेका आन्द्रे रसेल र रिंकु सिंहको फर्मको चिन्ता छ भने राजस्थान रोयल्सका ब्याट्सम्यान फर्ममा रहेपनि बलिङ चिन्ताको विषय रहेको छ ।

सनराइजर्सविरुद्ध जोफ्रा अर्चरले आईपिएलको सबै भन्दा बढी रन खाएको खराब किर्तिमान बनाएका थिए । उनले ४ ओभरमा ७६ रन खाएका थिए । जुन आईपिएल इतिहासमा कुनै पनि बलरले खाएको सबैभन्दा बढी रन हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *