श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा अष्ट्रेलिया ९ विकेटले विजयी भएको छ । जितसँगै अष्ट्रेलियाले २-० ले सिरिज क्लिनस्वीप गरेको छ ।

क्लिन स्विप गर्दै अष्ट्रेलियाले टेस्ट च्याम्पियनसिपको फाइनलमा दोस्रो स्थानमा रहेर उपाधि भिडन्त गर्ने भएको छ । अष्ट्रेलियाले भारतविरुद्धको बोर्डर-गावस्कर सिरिज जित्दै लगातार दोस्रो पटक डब्लुटिसी फाइनलमा स्थान बनाएको थियो ।

श्रीलङ्काविरुद्धको जितपछि उनीहरूले ६७.५४ प्रतिशत अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदै फाइनलको यात्रा तय गरेको हो । दक्षिण अफ्रिका ६९.४४ प्रतिशत अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

गालेमा सम्पन्न पहिलो टेस्ट खेलमा अष्ट्रेलियाले श्रीलङ्कालाई एक इनिङ्स र २४२ रनले पराजित गरेको थियो ।

दोस्रो टेस्टमा पनि श्रीलंकाले पहिला ब्याटिङ गरेको श्रीलङ्काले २५७ रन मात्र जोड्न सक्यो । नाथन लायन र म्याट कुहेनम्यानले टप-अर्डर ध्वस्त पार्दै ३-३ विकेट लिए भने, मिचेल स्टार्कले पनि तीन विकेट लिए । श्रीलङ्काका लागि कुशल मेंडिस ८५ र दिनेश चान्डिमल ७४ रन बनाएका थिए ।

अष्ट्रेलियाले पहिलो इनिङ्समा ४१४ रन बनाएको थियो । जसमा एलेक्स केरीले १५६ रन र स्टिभन स्मिथले १३१ रन जोडेका थिए । पहिलो पारिका हिसावले अष्ट्रेलियाले १५७ रनको अग्रता लिएको थियो ।

दोस्रो इनिङ्समा पनि श्रीलङ्काको ब्याटिङ असफल रह्यो र २३१ रनमा समेटिन पुग्यो ।

कुशल मेंडिसले अर्धशतक बनाए भने एन्जेलो म्याथ्यूजले ७६ रन बनाए । तर, बाँकी ब्याट्सम्यान राम्रो प्रदर्शन गर्न सकेनन् । श्रीलङ्काले जम्मा ७४ रनको अग्रता लियो ।

अष्ट्रेलियाले जितका लागि ७५ रनको लक्ष्य पाएपछि केवल १ विकेट गुमाएर लक्ष्य हासिल गरेको थियो । अष्ट्रेलियाका उस्मान ख्वाजा २७ रन र मार्नस ल्याबुस्चेन २६ रन बनाउँदै नटआउट रहे ।

स्टिभन स्मिथले यो सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै दुई शतक बनाए । उनले टेस्ट क्रिकेटमा २०० क्याच पनि पूरा गरे । स्पिनर म्याथ्यु कुनेम्यान र न्याथन लियनले श्रीलङ्काको ब्याटिङलाई ध्वस्त गर्दै सिरिजमा क्रमशः १६ र १४ विकेट लिए ।

श्रीलङ्काको ब्याटिङ पूर्ण रूपमा असफल रह्यो । कुसल मेंडिसले दुबै इनिङ्समा अर्धशतक जोडे तर अन्य ब्याट्सम्यानहरूले साथ पाउन सकेनन् । यो श्रीलङ्काको लागि चौथो टेस्ट पराजय हो ।

यो खेलसँगै श्रीलङ्काका कप्तान डिमुथ करुणारत्नेले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । उनले यसअघि नै दोस्रो टेस्टपछि सन्यास लिने घोषणा गरेका थिए । यो उनको १००औं टेस्ट खेल थियो र उनले १३ वर्षको करियर समाप्त गरेका छन् ।

अब अष्ट्रेलियाले टेस्ट च्याम्पियनसिपको फाइनल खेलमा दक्षिण अफ्रिकासँग खेल्ने छ । फाइनल खेल ११-१५ जुन २०२५ मा इंग्ल्याण्डको लर्ड्स क्रिकेट मैदानमा हुने छ । शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिका र दोस्रो स्थानमा रहेको अष्ट्रेलिया उपाधिका लागि भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *