प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिताका पहिलो पटक काठमाडौं बाहिर हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार प्रतियोगिताको खेल तालिका जारी गर्दै प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशको तीन मैदानमा हुने जनाएको छ ।

प्रतियोगिताका खेलहरू रुपन्देहीको सिद्धार्थ रंगशाला, एस्ट्राटेक ओभलमा र दाङमा रहेको लमही क्रिकेट मैदानमा खेलहरु संचालन हुनेछ ।

प्रतियोगिता फागुन २५ देखि चैत १६ सम्म राउण्ड रोबिनका आधारमा संचालन हुनेछ । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोलीको सहभागीता रहने छ । प्रतियोगितामा फाइनलसमेत गरि ४६ खेलको आयोजना हुनेछ ।

लिग चरणमा सबै टोलीले एक आपसमा खेलेपछि शीर्ष स्थानमा रहने २ टोलीका बीच फाइनल खेल हुनेछ । फाइनल खेल चैत १६ मा सिद्धार्थ रंगशालामा हुनेछ । सिद्धार्थ रंगशालामा फाइनल सहितका १७, एस्ट्रा टेकमा १५ तथा दाङको लमहीमा १४ खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *