आईसीसी च्याम्पियन्स २०२५ लाई रोचक बनाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले खेलको नियममा केहि परिवर्तन गरेको छ ।

एकदिवसिय क्रिकेटमा पहिलो पावर प्ले १० ओभरको हुदै आएपनि च्याम्पियन्स ट्रफी २०२५ मा यो नियममा परिवर्तन गरेर १२ ओभरको बनाइएको छ । आईसीसीका अनुसार खेललाई रोमाञ्चक बनाउन यो नियम लागु गरिएको हो ।

त्यस्तै टोलीको रणनीतिमा लचिलोपन ल्याउन ३० देखि ४० ओभरको विचमा फ्लोटिङ पावरप्ले लागु गर्न सकिने भएको छ। त्यस्तै कुनै पनि खेल बराबरीमा टुङ्गिए त्यसको फैसला सुपर ओभरवाट गरिने भएको छ ।

यसैगरि च्याम्पियन्स ट्रफी २०२५ मा अनिवार्य कन्कशन विकल्प र सम्भावित रणनितिक विकल्प जस्ता सुरक्षा प्रोटोकल पनि लागु हुनेछ ।

च्याम्पियन्स ट्रफी आज बुधबारदेखि पाकिस्तानमा शुरु हुदैछ । प्रतियोगितामा विश्वका चर्चित ८ टोलीबीच भिडन्त हुदैछ। प्रतियोगिताको कुल पुरस्कार राशी ६.९ मिलियन डलर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *