आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को पुरस्कार राशि दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पुरस्कार राशि अघिल्लो च्याम्पियन्स ट्रफी भन्दा ५३ प्रतिशतले बढी रहेको छ ।
फेब्रुअरी १९ देखि पाकिस्तानमा सुरु हुने च्याम्पियन्स ट्रफीको विजेताले २२ लाख ४० हजार र उप-विजेताले ११ लाख २० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।
त्यस्तै च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुग्ने टोलीले ५ लाख ५९ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।
च्याम्पियन्स ट्रफीमा कुल आठ टोलीको सहभागिता रहने छ । समूह ‘ए’ मा भारत, आयोजक पाकिस्तान, न्युजिल्यान्ड र बंगलादेश तथा समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान छन् ।
पाकिस्तान प्रतियोगिताको साबिक विजेता हो भने अफगानिस्ताले पहिलो पटक सहभागिता जनाउँदैछ ।
