अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले १९ फेब्रुअरीदेखि पाकिस्तानमा आयोजना हुन गइरहेको च्याम्पियन्स ट्रफी २०२५ मा शिखर धवनलाई इभेन्ट एम्बेस्डरमा नियुक्त गरेको छ । आईसीसीले धवन लगायत अन्य तीन जना खेलाडीलाई पनि इभेन्ट एम्बेस्डरमा नियुक्त गरेको छ।

आईसीसीले इभेन्ट एम्बेस्डरमा नियुक्त गरेका अन्य तीन जना पूर्व खेलाडीहरुमा पाकिस्तानका सरफराज अहमद, अष्ट्रेलियाका शेन वाट्सन र न्यूजील्याण्डका टीम साउदी रहेका छन् । प्रतियोगिताको दौरान यी चारैजना खेलाडीले प्रतियोगितामा उपस्थिति जनाउनुको साथै प्रतियोगिको वारेमा सत्यतथ्य जानकारी गराउने कार्य गर्ने छन् ।

१९ फेब्रुअरीदेखि पाकिस्तानमा आयोजना हुने च्याम्पियन्स ट्रफीमा विश्वका उत्कृष्ट आठ टोलीले सहभागिता जनाउँदै छन । प्रतियोगिता ९ मार्चसम्म सञ्चालन हुनेछ । धवनले दुई पटक च्याम्पियन्स ट्रफीमा सहभागिता जनाएका छन् ।

दुवै संस्करणमा उनले सर्वाधिक रन बनाउँदै ‘गोल्डन ब्याट’को अवार्ड जितेका थिए । दुवै संस्करणमा ओपनिङ गरेका शिखरले भारतको तर्फवाट सर्वाधिक ७०१ रन बनाएका छन । सन २०१३ मा आयोजना भएको च्याम्पियन्स ट्रफीमा धवन सर्वश्रेष्ठ खेलाडी समेत चुनिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *