नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ ।

क्यानले शनिबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय पुरुष टोलीको लागि मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको हो ।

क्यानले ईसीबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको मान्यता भएको योग्यतासहित ५ वर्षको प्रशिक्षण अनुभव भएको व्यक्ति माग गरेको छ ।

साथै एसोसियट राष्ट्रको खेल गतिविधिबारे जानकार भएको व्यक्ति हुनुपर्ने उल्लेख छ । फेब्रुअरी २८ सम्म आवेदन दिने अन्तिम मिति तोकिएको छ ।

भारतीय प्रशिक्षक मोन्टी देसाई आफ्नो दुईवर्षे अवधि पूरा गरी स्वदेश फर्किएपछि अहिले मुख्य प्रशिक्षकको पद रिक्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *