अर्किड र न्यु मुन सेमिफाइनलमा

२०८१, ८ फाल्गुन बिहीबार १७:१२

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड स्कुल र न्यु मुन स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा अर्किड स्कुलले डिएभी स्कुललाई ९ विकेटले पराजित गरि अन्तिम चारमा प्रवेश हो । टस जितेर ब्याटिङ गरेको डिएभीले निर्धारित २० ओभरको खेलमा १७ दशमल २ बलमा सवै विकेट गुमाई ७२ रन बनाएको थियो। डिएभीका लागि प्रभान्सु कर्णले सर्वाधिक १६ रनको योगदान दिए । अर्किडका सुजन यादवले ३ विकेट लिँदा प्रेम कामतले २ विकेट लिए।

७३ रनको लक्ष्य पछ्याएको अर्किडले ७ दशमलव ३ बलमा १ विकेट गुमाई सो लक्ष्य भेट्टाएको थियो । अर्किडका प्लेयर अफ म्याच प्रेम कामतले सर्वाधिक ५० रनको योगदान दिए। डिएभीका केशव झाले १ विकेट लिए ।

दोस्रो खेलमा न्यु मुन स्कुलले अरनिको स्कुललाई ५८ रनले पराजित गरि अन्तिम चारमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको न्यु मुन निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय ४६ रन बनाएको थियो । न्यु मुनका लागि इस्तियाक आलमले सर्वाधिक ३६ रनको योगदान दिए । अरनिकोका साजन यादवले २ विकेट लिए ।

१ सय ४७ रनको लक्ष्य पछ्याएको अरनिकोले १७ दशमलव १ बलमा सवै विकेट गुमाई ८८ रनमा सिमित भयो । अरनिकोका प्रिन्स मेहताले सर्वाधिक २६ रनको योगदान दिए । न्यु मुनका प्लेयर अफ म्याच समिर आलमले ३ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *