ललितपुर । ललितपुर टेबलटेनिस क्लबको आयोजनामा सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता फागुन १२ गतेदेखि हुने भएको छ ।

कन्सेप्ट मेकर्जको व्यवस्थापनमा हुने प्रतियोगिताका लागि आयोजकले पूर्णशंकर श्रेष्ठका साथै दुई संस्था नेपाली घर र सांग्रिला विकास बैंककंग प्रायोजन सम्बन्धि सम्झौता पनि गर्यो ।

नेपाली भान्सा घरका अपरेसन म्यानेजर सुजन तण्डुकार, पूर्णशंकर श्रेष्ठ र ललितपुर टेबल टेनिस क्लबका उपाध्यक्ष नीरज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सोही अवसरमा सांग्रिला बैंकसँग पनि सम्झौता भएको थियो ।

प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा फागुन १२ गतेदेखि १७ सम्म हुनेछ । प्रतियोगितामा नेपालसिहत भारतबाट ८५ पुरुष, ४८ महिला गरि  ४०२ खेलाडी सहभागी हुने प्रतियोगिता संयोजक निकेश जोशीले जानकारी गराए ।

प्रतियोगितामा महिला पुरुष एकल, महिला पुरुष टिम इभेन्ट, पुरुष भेट्रान्स एकल (४० वर्षमाथि),महिला भेट्रान्स एकल (४० वर्षमाथि), पुरुष भेट्रान्स एकल (५५ वर्षमाथि) यु-१६ ब्वाइज/ गर्ल्स सिंगल्स गरी ९ विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख २३ हजार रूपैयाँ रहेको छ । प्रतियोगितानमा महिला/पुरुष एकलका साथै महिला/ पुरुष टिम इभेन्टसतर्फका शीर्ष तीन खेलाडीले क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै भेट्रान्सतर्फका शीर्ष तीनले १० हजार, ५ हजा र ३ हजार तथा यु-१६ ब्वाइज/ गर्ल्समा विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्नेले  २०, १० र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजक सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालि रहेको छ । त्यस्तै इक्विपमेन्ट पार्टनरमा हीरा ट्रेड कनसर्न, क्लोथिङ पार्टनर भ्याली स्पोट्र्स हाउस, इन्टरनेट पार्टनरमा ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *