विराटनगर । स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरको आयोजनमा विराटनगर-३ दुर्गा चोक स्थित सेन्टरको कभर्ड हलमा एक दिने ‘भेट्रान्स तथा खुल्ला टेबल टेनिस प्रतियोगिता-२०८१’ सम्पन्न भएको छ ।

प्रतियोगितामा ४० वर्ष माथि उमेर समूहका, पुरूष एकल, महिला एकल र ओपन डबल्स गरि ३ इभेन्टमा प्रतिस्पर्धा भएको थियो । महिला एकलतर्फ मन्जु भगत प्रथम, रिन्की धनावत द्वितीय, अनुपमा चापागाईं र दिपिका पारख संयुक्त रुपमा तृतीय भए ।

४० वर्ष भन्दामाथिका भेट्रान्स एकलतर्फ बिकेन थापा प्रथम, राजेश भट्टराई द्वितीय, सरोज पौडेल र विवेक अग्रवाल संयुक्त रुपमा तृतीय भए । त्यसैगरी ओपन डबल्सतर्फ बिकेन थापा र चन्दन ठाकुर को जोडी प्रथम, राजेश भट्टराई र विवेक अग्रवालको जोडी द्वितीय, अभिमान सिंह बस्नेत र सन्तोष प्रधानका साथै उपकार श्रेष्ठ र सरोज पौडेलको जोडी संयुक्त रुपमा तृतीय भए ।

विजयी खेलाडीहरुलाई डिआइजी राजन अधिकारी लगायत अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष अनुज बानियाँ र विराटनगर टेबल टेनिस क्लबका उपाध्यक्ष विशाल केडियाले विजयी खेलाडीहरुलाई ट्रफी, मेडल तथा प्रमाण पत्र वितरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *