जापानको टोकियोमा सम्पन्न किक बक्सिङ प्रतियोगितामा जापानिज बक्सर सिरासुलाई हराउँदै नेपाली खेलाडी अविरल घिमिरे ‘हिमालयन चितुवा’ विजयी भएका छन् ।

टोकियोमा सम्पन्न वर्ल्ड म्याक्स के वान च्याम्पियनसिप किक बक्सिङ प्रतियोगितामा जापानका प्रख्यात खेलाडी सिरासुलाई अविरल (हिमालयन चितुवा) ले तेस्रो राउन्डको १ मिनेट १३ सेकेन्डमा ढालेर विजय हासिल गरेका हुन् ।

जापानको नागोया सहरमा परिवारसँगै बस्दै आएका अविरलले थुप्रै अन्तर्राष्ट्रिय किक बक्सिङमा विजयी हुँदै आएका छन् ।

अविरलले हालसम्म जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्ड लगायत देशका बक्सरलाई पराजित गरिसकेका छन् ।

जापानमा रहेर किक बक्सिङको व्यावसायिक खेल खेल्दै आएका बक्सर अविरलले बक्सिङ हिट प्रतियोगिताका १५ खेल जितिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *