सन्जेश र आर्सियालाई स्वर्ण

२०८१, ३ फाल्गुन शनिबार २१:१७

सन्जेश तामाङ र अर्सिया खड्‌काले नवौं राष्ट्रिय पुरुष /महिला खुला फुल कन्ट्याक्ट अतेमी क्योकुशिन कराते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।

पुरुष खुला तौलसमूहको फाइनलमा सन्जेशले हर्ष गुप्तालाई पराजित गरे । सनम कार्की तेश्रो बने । नेपाल अटेमी क्योकुसिन कराते संघको आयोजनामा नेपालटारमा भएको प्रतियोगिताको महिला खुला तौलसमूहको फाइनलमा अर्सियाले एन्जिला आचार्यलाई हराइन् । पायल मगर तेश्रो भइन् ।

प्रतियोगिताको पुरुष २५ केजीमा रिवाज घले, ३० केजीमा आर्यन दनुवार, ३५ केजीमा अंशकुमार रौनियार, ४० केजीमा सुमनकुमार दास, ४५ केजीमा सागरकुमार दास र ५५ केजीमा नवराज गिरी पहिलो भए ।

महिला २५ केजीमा आरोही रावत, ३० केजीमा अनुष्का कार्की, ४० केजीमा सोस्मोटीकुमार मण्डल, ४५ केजीमा सोनिया राई र ५० केजीमा एस्थरमाया बयल्कोटीले स्वर्ण जिते ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य-सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । एकदिने प्रतियोगितामा विभिन्न १५ स्पर्धामा १ सय ३३ खेलाडी सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *