करातेका राष्ट्रिय खेलाडी बिपिन राज सिंह दर्जीलाई लिटिल एन्जलस स्कुलका खेल प्रशिक्षक र विभिन्न कक्षाका शिक्षक हरुबाट संकलित रकम एक लाख रुपैयाँ लिटिल एन्जल्सका प्रिन्सिपल मुकुन्दराज शर्माबाट हस्तान्तरण गरिएको छ ।
उक्त स्कुलमा सानै देखि अध्ययनरत र कराते सिकेका विद्यर्थी बिपिन केहि समय अगाडी पेट सम्बन्धी गम्भिर रोग पेनक्रियाटाएटिजबाट ग्रसित भई लामो समय सम्म पाटन अस्पताल भर्ना भएका थिए ।
आठौँ र नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक बिजेता बिपिन हालसम्म पनि उपचार कै क्रममा रहेका छन् । विपिनलाई बिरामी पर्दा तत्काल राष्ट्रिय खेलकुद परिषद्को कल्याणकारी कोषबाट पनि आर्थिक सहयोग गरिएको थियो ।
