धरानका प्रो निरज तामाङ सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन शीर्ष स्थानमा कायमै रहेका छन् । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत चौथो स्पर्धामा उनी बिहीबारसम्म एक स्ट्रोकले अगाडि छन् ।

पार ६९को हिमालयन गल्फ कोर्समा आज निरजले आज १-अन्डर ६८ कोकार्ड पार्दा समग्रमा ५-अन्डर १३३ को स्कोर खडा गरे । उनले भुवन कुमाररोक्कालाई एक स्ट्रोकले पछि पारेका हुन् । समग्रमा ४-अन्डर १३४ कोस्कोरमा भुवन दोस्रो स्थानमा कायमै रहेका छन् । उनले लगातार दोस्रो दिन २-अन्डर ६७ खेले ।

समग्रमा इभन-पार १३८ को स्कोर बनाएका धन बहादुर थापा र सञ्चयलामाले संयुक्तरुपमा तेस्रो स्थानमा ३६ होलको खेल सकाए । धन र सञ्चयदुवैले १-ओभर ७० को स्कोर दर्ज गरे । जयराम श्रेष्ठ र एमेच्योर सुन्दर राईसंयुक्तरुपमा पाँचौं स्थानमा रहे । उनीहरूले समग्रमा २-ओभर १४० स्कोर गरे । आज जयरामले २-ओभर ७१ र सुन्दरले १-ओभर ७० मा खेल सकाए।

समग्रमा ४-ओभर १४२ सहित कृष्णमान राजबाहक, विष्णु प्रसाद शर्मा र रामेमगरले संयुक्तरुपमा सातौ स्थान बाँडे । कृष्णमानले १-अन्डर ६८, विष्णुलेर-ओभर ७१ र रामेले ४-ओभर ७३ मा दोस्रो दिनको खेल सकाए । समग्रमा ५ ओभर १४३ को स्कोरमा रवि खड्का दशौं स्थानमा छन् । उनले आज१-अन्डर ६८ को स्कोर कार्ड बनाए ।

लगातार दोस्रो दिनका लिडर निरजले फ्रन्ट नाइनमा १-अन्डर ३३ खेले । उनलेचौथो र आठौं होलमा बर्डी प्रहार गरे र सातौं होलमा एक सट खेर फाले । यसपछि १०औं होलमा बर्डी प्रहार गरेपनि चार पारको १३औं होलमा ट्रीपलबोगीको समाना गरे । यसपछि सम्हालिंदै १७ औं र १८औं होलमा बर्डी प्रहारगर्दै ब्याक नाइन इभन-पार ३५ मा पुरा गरे ।

भुवनले पहिलो नौ होलमा पार जोगाउँदै फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए । ११औं होलमा बर्डी प्रहार गरे तर १४औं होलमा डबल बोगी खेपे । यसपछि १५औं देखि १७औं होलसम्म लगातार तीन बर्डी प्रहार गर्दै ब्याकनाइन २-अन्डर ३३ मा सकाए ।

एमेच्योरतर्फ सुन्दर राईले सुमन परियारलाई ६ स्ट्रोकले पछि पार्दैशीर्षस्थानमा रहे । सुन्दर समग्रमा २- ओभर १४० को स्कोरमा शीर्षस्थानमा छन् । आज १- अन्डर ६८ खेलेका सुमनले समग्रमा ८-ओभर १४६ स्कोर सहितदोस्रो स्थानमा उक्लिए ।

३६ होलको समाप्तीमा १५ ओभर १५३ स्कोर गरेका २१ प्रो र ६ एमेच्योर गरीकुल २७ गल्फरले कट बनाएका छन् । प्रो तर्फ नेपाल नम्बर एक भुवननगरकोटी सँगै तोरण विक्रम शाही, प्रदीप कुमार लामा, सूर्य प्रसाद शर्मा, भुबहादुर गुरुङ, बलभद्र राई, युवराज भुजेल, टंक बहादुर कार्की, दीपकमगर, दिनेश प्रजापति, दल बहादुर लामा र किसन कालीराज सुनारले कट बनाए । एमेच्योरतर्फ सुरेश तामाङ, प्रज्वल गुरूङ, संसार विके र जिवारामगुरूङले अन्तिम १८ होलको खेलको लागि स्थान सुरक्षित गरे ।

५४ होलको तीन दिने प्रतियोगितामा कुल पुरस्कार ८ लाख ८२ हजार रहेको छ । विजेताले १ लाख ५० हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख रb७२ हजार प्राप्त गर्नेछन । शीर्ष २१ मा पर्ने गल्फरहरूले पनि नगद हात पार्नेछन ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित र सूर्य नेपाल प्रा.लि. द्वारा प्रायोजित प्रतियोगिता अन्तर्गत शनिबार प्रो-एम ईभेन्ट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *