एसी मिलानले इटालियन सिरी ‘ए’ मा मंगलबार घरेलु टोली कोमोमाथि २-१ को पुनरागमन जित निकालेको छ ।

मिलानको जितमा थियो हर्नान्डेज र राफेल लियोले गोल गरे । कोमोका लागि असाने डियाओले गोल गरे ।

खेलको ६०औं मिनेटमा डियाओले गोल गर्दै कोमोलाई अग्रता दिलाएका थिए । तर त्यसलाई जोगाउन भने सकेन । हर्नान्डेजले ७१औं मिनेटमा इन्टरका लागि बराबरी गोल फर्काए । त्यसको पाँच मिनेटपछि लियोले गोल गर्दा इन्टर २-१ ले बिजयी भयो ।

जितसँगै १९ खेलमा ३१ अंक जोडेको  मिलान सातौं स्थानमा छ । पराजित कोमो २० खेलबाट १९ अंकका साथ १६औं स्थानमा छ ।

लिगअन्तर्गत मंगलबारै सम्पन्न खेलमा एटलान्टा युभेन्टससँग १-१ को बराबरीमा रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *