स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ । योसँगै बार्सिलोनाले कीर्तिमानी १४ पटक उपाधि जितेको छ । रियल १३ पटकको च्याम्पियन हो ।

आइतबार राति साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको फाइनलमा बार्सिलोनाले रियल मड्रिडलाई ५–२ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । दुई महिना यसअघि घरेलु लिगमा रियल बार्सिलोनासँग ४-० ले पराजित भएको थियो ।

बार्सिलोनाको जितमा राफिन्हाको दुई तथा लामिन यमल, रोबर्ट लेवान्डोस्की र एलेजान्ड्रो बाल्डेको एक एक गोल गरे ।

खेलको पाँचौं मिनेटमै एम्बाप्पेले उत्कृष्ट गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए । तर यमलले २२औं मिनेटमा बार्सिलोनालाई १-१ को अबस्थामा ल्याए । ३६औं मिनेटमा लेवान्डोस्की आफैंले गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए ।

राफिन्हाले ३९औं र ४८औं मिनेटमा दुई गोल थप्दा पहिलो हाफमै बार्सिलोनाले अग्रता ४-१ मा पुऱ्याइसकेको थियो ।

त्यसमा बाल्डेले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै उक्त अग्रता अझ लम्बाए । खेलको ५६ औँ मिनेटमा बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो । त्यसकै फाइदा उठाउँदै रोड्रिगोले गोल फर्काउँदा खेल ५–२ को अवस्थामा आयो ।

त्यसपछि खेलमा थप गोल निस्केन र बार्सिलोनाले उपाधि जित्न सफल बन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *