काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्का सदस्य कमलबहादुर भट्टराईलाई शुक्रबार राखेप कार्यकारी समितिको सदस्यमा नियुक्त गरेको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १४ को उपदफा (१) बमोजिमको कार्यकारी समितिमा सोही उपदफाको खण्ड ‘ग’ बमोजिम सदस्यमा नियुक्त गरिएको हो ।
गत पुस ९ गतेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई राखेपको सदस्यमा नियुक्त गरेको थियो ।
