भारतका जसप्रित बुमराह र अष्ट्रेलियाकी अन्नाबेल सदरल्याण्डले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ‘प्लेयर अफ दि मन्थ’ डिसेम्बरको अवार्ड जितेका छन् ।
बुमराह अस्ट्रेलियाका प्याट कुमिन्स र दक्षिण अफ्रिकाका डेन प्याटरसनलाई पछि पार्दै डिसेम्बर महिनाको उत्कृष्ट क्रिकेटर बने । यस्तै महिलातर्फ सदरल्याण्डले भारतकी स्मृति मंधाना र दक्षिण अफ्रीकाकी ननकुलुलेको मलाबालाई पछि पारिन्।
अवार्ड आइसिसीको वेभ पोर्टलमा आएको समर्थकको भोट र आइसिसी भोटिङ एकेडेमीको आधारमा घोषित गरिएको हो । जसप्रीत बुमराह हालै अस्ट्रेलिया विरूद्धको टेष्ट सिरीजमा शानदार प्रदर्शन गरेका थिए ।
