जर्मन लिग बुडेसलिगामा बायर लेभरकुसेनले कठिन जित निकालेको छ ।
मंगलवार राति भएको खेलमा साविक विजेता बायर लेभरकुसेनले माइन्ज ०५ माथि १–० को साँघुरो जित निकालेको हो ।
लेभुरकुसेनको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन एलेक्स ग्रिमाल्डोले निर्णायक गोल गरे । उनले खेलको ४८औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै लेभरकुसेनले १७ खेलबाट ३८ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ । पराजित माइन्जको भने समान १७ खेलमा २८ अंकका साथ पाँचौं स्थानमा छ ।
मंंगलबार राति भएको लिगको अन्य खेलमा बोरुसिया डर्टमण्ड होल्स्टेन किलसँग ४-२ ले पराजित भएको छ । यस्तै वल्सबर्गले बोरुसिया मोन्चेनग्लाडब्याचलाई ५-१ र इनट्राक्ट फ्रान्कफर्टले फ्रेइबर्गलाई ४-१ ले पराजित गरेको छ ।
