नेपाल कबड्डी लिग (एनकेएल) मा धनगढी वाइल्डक्याट्सले पहिलो जित दर्ता गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बुधबार भएको खेलमा धनगढीले पोखरा लेकर्सलाई ३८-३३ ले पराजित गरेको हो ।

धनगढीले जित हात पार्नेक्रममा रेडबाट १७, ट्याकलबाट १४, दुई अलआउटबाट चार र बोनसबाट ३ पोइन्ट जोड्यो । पोखराले भने रेडबाट १५, ट्याकलबाट ११, एक अलआउटबाट दुई र बोनसबाट पाँच अंक मात्रै बटुल्न सक्यो ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको धनगढी चौथो स्थानमा उक्लिएको छ । तीनै खेलमा हार बेहोरेको पोखरा तीन अंकका साथ पुछारमा  छ । ६ टोली सहभागी प्रतियोगितामा जितविहीन रहने टोली पोखरामात्रै हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *