पोखरामा अर्को साता हुने पाँचौ संस्करणको टाइगर कप भलिबल च्याम्पियनमा पुरुष र महिलातर्फ समान ६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
अयोजक टाइगर ग्रुप अफ पोखराले मंगलबार सहभागि हुने टोलीको नाम सार्वजनिक गरेको हो । माघ १२ गतेबाट सुरु हुने प्रतियोगितामा दुवैतर्फ तीन विभागीय र एक विदेशी टोलीको सहभागिता रहनेछ ।
प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, गण्डकी प्रदेश भलिबल संघ, श्रीलंकन भलिबल टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै, महिलातर्फ एपिएफ क्लब, न्यु डायमन्ड स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, आयोजक टाइगर ग्रुप र थाइल्यान्डको युनाइटेड प्यासन भलिबल क्लबको सहभागिता रहनेछ ।
पाँचौं संस्करणको फाइनल माघ १९ गते हुनेछ ।
