सुनसरी । हिसान इटहरी ८ किलोमिटर रनमा बिदेशी खेलाडी च्याम्पियन बनेका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीको आयोजनामा आइतबार सम्पन्न खुल्लातर्फ ८ किलोमिटर रनमा केन्याली धावक जुलियस मौरिकी च्याम्पियन बनेका हुन् । निर्धारित दूरी मौरीकीले २४ मिनेट २५ सेकेण्डमा पूरा गरेका थिए ।

दोस्रो भएका सरोज लिम्बूले २५ मिनेट ३१ सेकेण्डमा निर्धारित दूरी पार गर्दा ओशन राईले २६ मिनेट ५ सेकेण्डमा दुरी पूरा गर्दै तेस्रो भए ।

महिलातर्फ इन्द्रकला नेम्बाङ प्रथम हुँदा जुही राई दोस्रो र सकुन्तला राई तेस्रो भए । इन्द्रकलाले निर्धारित दुरी ३१ मिनेट ३ सेकेण्ड, जहीले ३२ मिनेट ३५ सेकेण्ड र सकुन्तलाले ३३ मिनेट ३१ सेकेण्डमा पूरा गरेका थिए। प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश १२ हजार, १० हजार र ८ हजार रुपैयाँ नगद पुरस्कार पाए ।

सेकेण्डरी समूहअन्तर्गत १ किलोमिटर दुरीमा कालुमान राई प्रथम र अमर यादव दोस्रो भए । तेस्रो स्थानमा विवाद परेकाले छानविन भैरहेको जनाइएको छ । महिलातर्फको प्रथस स्थानमा पनि प्रोटेस्ट परेकाले घोषणा हुन नसकेको कार्यक्रम संयोजक सुवास लुईटेलले जानकारी दिए ।

उक्त समूहमा बिनिता राई दोस्रो र तिर्मना राई तेस्रो भए। प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश १० हजार, ७ हजार र ५० हजार पुरस्कार पाए ।

प्राइमरी समूहको ३ किलोमिटरतर्फ प्रथम स्थानका लागि प्रोटेस्ट परेको छ । सो समूहमा रोमन माझी दोस्रो र मनिष लिम्बू तेस्रो भए ।

महिलातर्फ रेस्मा दर्जी प्रथम, राधा माझी दोस्रो र करिना राई तेस्रो भए । उनीहरुले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगितामा केही विदेशीसहित नेपालका विभिन्न जिल्लाका ८ सय बढी धावक धाविकाले प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *