आगामी अप्रिलमा नेपालमा हुने आईसीसी यू-१९ विश्‍वकप एसिया छनोटको तयारी स्वरूप नेपाल क्रिकेट संघ (क्यान)ले युथ कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आगामी माघ १५ देखि २२ सम्म भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा युथ कप हुनेछ । यसका लागि क्यानले ३६ खेलाडीको प्रारम्भिक टोली तयार गरेको छ । उनीहरूलाई ३ टोलीमा विभाजन गरिने छ ।

तीन टोलीहरूलाई नेपाल यू-१९ रातो, नेपाल यू-१९ हरियो र नेपाल यू-१९ निलो नाम दिइएको छ । यिनै टोलीहरूको बीचमा डबल राउण्ड रोबिन लिग खेलाइनेछ ।

यु-१९ पुरुष विश्व कपको एसिया छनोट आगामी अप्रिल १२ देखि २१ सम्म नेपालमा आयोजना हुँदैछ । प्रतियोगितामा नेपाल सहित अफगानिस्तान, ओमान, युएई र हङकङको सहभागिता रहनेछ । छनोटको शीर्ष टोलीले २०२६ मा हुने यू-१९ विश्वकपमा स्थान बनाउनेछ ।

अन्तिम ३६ मा परेका खेलाडीको सुची
अभिषेक तिवारी, दिलसाद अली, सोहेल कुँवर, नरेन भट्ट, सूर्यान्शु कोइराला, विपिनप्रसाद शर्मा ,रोशन विश्वकर्मा, सन्तोष यादव, दयानन्द मण्डल, अपराजित पौडेल, सिब्रिन श्रेष्ठ, राजेश बोहरा, नीरजकुमार यादव, अफ्रुदीन रेन, सौजनप्रसाद घिमिरे, दीपक सेरला, युवराज खत्री,  आशिष लुहार, सचिन भट्ट, रुहुल हक, चन्दन राम, कृतिक कामत, प्रतीक पोखरेल, साहिल पटेल, रोहन साह, अरबिन घर्ती, रोहित चन्द, सुदीप अर्याल, दर्श सोनार, क्षितिज थापामगर, अमर मिश्र, भोपाल दंगाल, अशोक धामी, नितिस पटेल, आसिक रानामगर, नितेश कुमार

Leave a Reply

Your email address will not be published. Required fields are marked *