बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको ३८औं संस्करणमा नेपालका सद्भाव आचार्य शीर्ष स्थानमा रहन सफल भएका छन् ।

पहिलो दिन ३-अन्डर ६९ को नतिजामा बंगलादेशका मोहम्मद शाहबुद्दिनलाई तीन स्ट्रोकले पछि पार्दै शीर्ष स्थानमा रहन सफल रहे । ढाकास्थित कुर्मितोला गल्फ क्लबमा स‌द्भावले पहिलप १८ होलको खेल बोगी फ्री खेले ।

उनले पहिलो देखि दसौं होलसम्म पार बचाए । यसपछि ११औं, १३ औं र १७ औं होलमा एक- एक सट बचाउँदै ३-अन्डरको उत्कृष्ट स्कोरकार्ड तयार पारे ।

बंगलादेशका शाहबुद्दिन इभन-पार ७२ सहित दोस्रो स्थानमा रहेका छन् । २-ओभर ७४ को स्कोरमा चार खेलाडी नेपालका राहुल विके, श्रीलंकाका चकिथा पुष्पिका र बंगलादेशका सफिकुल इस्लाम र मोहम्मद समिम संयुक्तरुपमा तेस्रो स्थान रहेका छन् ।

राहुलले फ्रन्ट नाइन इभन-पार ३६ मा पूरा गर्ने क्रममा दोस्रो, छैटौं र नवौं होलमा एक-एक सट खेर फाले । तेस्रो, पाँचौँ र सातौँ होलमा बर्डी प्रहार गरे । राहुलले १०औं र १७औं होलमा एक-एक सट खेर फाल्दै ब्याक नाइन २-ओभर ३८ मा सकाए ।

टिम इभेन्टमा पनि नेपालका सद्भाव आचार्य र राहुल विकेको जोडी १-अन्डर १४३ को स्कोरमा शीर्षस्थानमा रहे । नेपालले बंगलादेशको ‘ए’ टिमलाई पाँच स्ट्रोकले पछि पारेको छ । बंगलादेशको ‘ए’ टिमका अबु बकर सिद्दिकी र मोहम्मद शाहबुद्दिनको टिमले ४-ओभर १४८ स्कोर बनाएको छ ।

बंगलादेशको ‘बी’ टिमका सफिकुल इस्लाम र रोमन मिया ६-ओभर १५० को स्कोरसहित तेस्रो स्थानमा रहे । चार दिने प्रतियोगितामा एक सय खेलाडीको सहभागीता रहेको छ । टिमतर्फ आठ टिमले प्रतिस्पर्धा गरेका छन् । टिमतर्फको विजेताको निर्णय ३६ होलको समाप्तिमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *