काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु-१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ ।

प्रतियोगितामा आयोजकसहित १२ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको सबै खेल चुनिखेल-१३, बुढानिलकण्ठमा रहेको केसिएको मैदानमा हुनेछ ।

यस्तै प्रतियोगिताको बिजेताले ५० हजार पाउने भने उपविजेताले ३० हजार पाउने आयोजकले बताएको छ।प्रतियोगिताको बेस्ट ब्याटर, बेस्ट बलर उत्कृष्ट खेलाडीले समान ५ हजार पाउनेछन् ।

आयोजकको अनुसार केसिएले ग्रासरुट क्रिकेटको महत्त्वलाई मध्यनजर गर्दै उमेर समुहको पहिलो प्रतियोगिताको थालनी गरेको बताए । यो हाम्रो केसिएको क्यालेन्डरमा राखेर प्रतेक बर्ष प्रतियोगिता आयोजना गर्ने प्रबन्ध निर्देशक सबिन कार्कीले बताए । साथै अन्य उमेर समुहका प्रतियोगिता पनि संचालन गर्ने लक्ष्य लिएको पनि बताए ।

प्रतियोगितामा सहभागि टोली:
१. हिमालयन क्रिकेट एकेडेमी ‘ए’
२. नेक्सस क्रिकेट एकेडेमी ‘ए’
३. ओएसिस क्रिकेट एकेडेमी
४. भक्तपुर म्युनिसिपल क्रिकेट एशोसिएसन
५. हिमालयन क्रिकेट एकेडेमी ‘बी’
६. नेक्सस क्रिकेट एकेडेमी ‘बी’
७. बल पार्क क्रिकेट एकेडेमी
८. भक्तपुर क्रिकेट सेन्टर
९. हिमालयन क्रिकेट एकेडेमी ‘सी’
१०. सीईसी भक्तपुर
११. किंग्स क्रिकेट एकेडेमी
१२. काठमाडौं क्रिकेट एकेडेमी

Leave a Reply

Your email address will not be published. Required fields are marked *