काठमाडौं । काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको साधारण सभा एवं निर्वाचन मिति २०८१ पौष २० गते शनिबार सम्पन्न भएको छ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका वरिष्ठ उपाध्यक्ष श्री विजयलाल कायष्थ ज्यूको प्रमुख आतिथ्यता सम्पन्न भएको हो।

काठमाडौँको कुलेश्वरस्थित स्टार दरबार ब्याङ्‌क्वेटमा सम्पन्न उक्त साधारण सभा तथा निर्बाचनमा नयाँ काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको कार्यसमिति गठन भएको छ ।

नव निर्वाचित कार्य समितिमा अध्यक्षमा सुरेश सुवेदी, उपाध्यक्षमा मनोज सुवेदी, सचिवमा विजयतम रत्न बज्राचार्य, कोषाध्यक्षमा रुजेश शाही, सदस्यहरूमा हरि भण्डारी, रमेश श्रेष्ठ, महेश डंगोल तथा महिला सदस्यहरूमा शोभा गुरुङ र शर्मिला सुलु चयन भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *