काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महांघको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने आईटीएफ तेक्वान्दो राष्ट्रिय अम्पायर कोर्स सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले शनिबार उद्घाटन गर्दै अम्पायर कोर्सको सुरुआत गरेका हुन् ।

नेपाल बिद्यालय खेलकुद महासंको प्रशिक्षण हल त्रिपुरेश्वरमा करिब एक सय जना भन्दाबढी सहभागि रहेको यस अम्पायर कोर्स शनिबार र आइतबार दुई दिन चल्नेछ ।

दक्ष अम्पाएर उत्पादन गर्ने लक्ष्यसहित सुरु भएको कोर्सको उद्घाटन समहारोह राखेपका सदस्य सचिव टंकलाल घिसिङको मुख्य आतिथ्यतामा सुभारम्भव भएको थियो । यस्तै, सभा अध्यक्षको आसन ग्रहण आइटिएफका अध्यक्ष प्रविनकुमार कार्कीले गरे ।

बिशिष्ट अथिति राखेपका बोर्ड सदस्य तथा आइटिएफका पूर्व अध्यक्ष अन्जन धमला, उपाध्यक्ष निरबहादुर सारु, नेपाल बिद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीलगायत अन्य अतिथिको सहभागिता रहेको उद्घाटन समारोहमा कार्यक्रमको उद्घोषक घम बहादुर थापाले गरेका थिए ।

उद्घाटन समारोहमा बोल्दै राखेपका सदस्य सचिव टंकलाल घिसिङले आम्पाएर भनेको खेलको न्यायाधीश र जर्ज हुन भन्दै खेलको सहि निर्णय दिन सहभिागहरुलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *