नेपाल रग्वी संघले रोहन डंगोल र सिर्जना राईलाई वर्ष उत्कृष्ट रग्बी खेलाडी घोषित गरेको छ । पुरुषतर्फ रोहन र महिलातर्फ सिर्जना बर्ष उत्कृष्ट रग्बी खेलाडी घोषित भएका हुन् ।

ठमेलमा भएको संघको १२ औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा खेलाडीलाई नगदसहित सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य- सचिव टंकलाल घिसिङले बर्ष उत्कृष्ट रग्बी खेलाडीलाई पुरस्कृत गरे ।

साधारण सभामा संघका महासचिव गोविन्द घिमिरेले पेश गरेको वार्षिक कार्ययोजना पारित गरिएको रग्बी संघका अध्यक्ष दीपक देवकोटाले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *