चौथो संस्करणको राइट टु प्रोटिन हाफ म्यारथन माघ १२ गते हुने भएको छ ।

सोमबार नेपाल भेटेरिनरी एसोसियनले पत्रकार सम्मेलन गरेर चौथो संस्करणको हाफ म्यारथको बारेमा जानकारी दिएको हो । नेपाल भेटनरी एसोसियनले प्रोटिन माथिको आयाधिकारको मर्मलाई आत्मासाथ गर्द प्रोटिनजन्य पर्दाथमा पहुँच बढाउनको लागि जनचेतना फैलाउने उद्धेश्यले उक्त म्यारथनको आयोजन गर्न लागेको हो ।

माघ १२ गते हुने प्रतियोगितामा विभिन्न विधामा करिब ८ हजार व्यक्तिहरु सहभागी हुने आयोजकले अपेक्षा राखेको छ । खेल बिहान ६ः ३० बजे दशरथ रगंशालमा सुरु भएर त्यही स्थानमा आएर खेल सम्पन्न हुनेछ । यस प्रतियोगितामा पुरुष तथा महिला, पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीहरुलाई पुरुष ५ किमी र महिला ३ किमी दौड हुनेछ ।

त्यस्तै, फरक क्षमता भएका व्यक्तिहरुको लागि हिलवचियर हुनेछ । पुरुष, महिला तथा बालबालिकाको लागि रन फर फन विधामा दौड समावेश गरिएको छ । प्रतियोगितामा विजयी हुनेलाई १ लाख ५० हजार पुरस्कार रकम रहेको छ भने प्रतियोगितामा पाँचौ स्थानसम्म हासिल गर्न व्यक्तिलाई पुरस्कारको व्यवस्था गरेको आयोजकले जनाएको छ । यस अघिको भएको तेस्रो संस्करणसम्म प्रथम हुनेलाई १ लाख पुरस्कार थियो तर यस पटकको संस्करणमा ५० हजार बढाएर प्रथम हुनेलाई १ लाख ५० हजार दिने आयोजकले निर्णय लिएको हो ।

म्यारथनमामा प्रथम हुने महिला पुरुषलाई १ लाख ५० हजार, दोस्रो हुने पुरुषलाई १ लाख, तेस्रोलाई ७० हजार चौथौलाई ५० हजार र पाँचौ हुनेलाई ३० हजार प्रदान गरिने छ । त्यस्तै महिलातर्फ ५ किमी दौडमा दोस्रो हुनेलाई १ लाख, तेस्रोलाई ५० हनार र चौथो हुनेलाई ३० हजार हुनेछ ।

यता, १० किमी ओपन दौडमा प्रथम हुनेलाई ५० हजार, दोस्रोलाई ४० हजार, तेस्रोलाई ३० हजार, चौथो हुनेलाई २० हजार हुँदा पाचौँ हुनेलदे १० हजार प्राप्त गर्न छ। त्यस्तै, ५ किमी कक्षा १२ सम्म दौड्दिा प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० हजार तेस्रोले १५ हजार चौथोले १० हजार र पाँचौ हुनेलदे ५ हजार पाउने छन् ।

त्यस्तै, ३ किमी कक्षा १२ सम्म दौड्निले २० हजार, दोस्रो १५, तेस्रो १०, चौथो ५ हजार र पाँचौ हुनेले २ हजार ५०० रुपैयाँ पाउने छन् । फरक क्षमता भएको प्रथम हुने पुरुषले ३० हजार, दोस्रोलदे २०, तेस्रो र चौथौ गरी समान १५ र १० हजार तथा पाँचौ स्थान हासिल गर्नले ५ हजार पाउने छ । त्यस्तै, फरक क्षमता भएको प्रथम हुने महिललाले ३० हजार, दोस्रो हुनेले २० हजार तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार र पाँचौ हुनेले ५ हजार प्राप्त गर्नेछन् ।

भाग लिएको व्यक्तिहरुको लागि विधामा लिएको दौड पूरा गर्नलाई तथा मेडेलको व्वस्था समेत गरिएको छ । प्रतियोगिताको व्यवस्थापनको लागि ५०० जना स्वयंस्वेकहरु परिचालन गर्न आयोजकले जनाएको छ । यस प्रतियोगितामा सहभागी हुनको लागि ई सेवा तथा अनालाईन डब्लूडब्लूडब्लू रनफरप्रोटिन.कम.एनपि मार्फत ३०० शुल्क बुझाई प्रतियोगितामा सहभागीता हुने सकिनेछ ।

यस अघि भएको तेस्रो संस्करणमा महिला तर्फ सन्तोषी श्रेष्ठ र पुरषतर्फ दिपक अधिकारी प्रथम भएका थिए । प्रतियोगिताको कूल बजेट १७, ६३, ३३३,३३ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *