काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षकहरुलाई सुष्म प्रशिक्षण विधि सम्वन्धी विशेष प्रशिक्षण प्रदान गरेको छ ।

लङ ट्रेनिङ प्लान अन्तर्गत हाईलेवल स्पोर्टस सेमिनार र स्किल डेभ्लपमेन्ट प्रशिक्षणमा उत्कृष्ट हुन सफल १३ जना प्रशिक्षकहरुलाई माईक्रो साईकल डिजाईन वर्कसप आयोजना गरिएको हो ।

६ दिनसम्म सन्चालन भएको वर्कसपको समापन गर्दै परिषद्‌का सदस्य सचिव टंकलाल घिसिङले प्रशिक्षणमा सुष्म विधिको प्रयोगले उत्कृष्ट खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । परिषद्ले प्रशिक्षकहरुलाई विशेष प्रशिक्षण प्रदान गर्दै जाने पनि जानकारी दिए ।

प्रशिक्षकहरुलाई सुशिलनरसिंह राणाले प्रशिक्षण विधि र नवराज कडेलले साईकोलोजी सम्बन्धि प्रशिक्षण दिएको तालिम तथा प्रशिक्षण विभागका नायव बरिष्ठ प्रशासकिय अधिकृत सुजन खतिवडाले जानकारी दिए ।

समापन कार्यक्रम तालिम तथा प्रशिक्षण विभागका निर्देशक तथा कार्यक्रमका संयोजक सोभितराज प्रसाईंको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *