ललितपुर । नेपाल बुद्धिचाल महासंघको आयोजनामा सम्पन्न ७ औं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि थापाथली चेस पार्क क्लबले जितेको छ ।

नकआउट समिकरणमा पूर्व विजेता दोलखा चेस होमलाई सहज रुपमा पञ्छाएको थापाथली चेस पार्कले फाइनल खेलमा ललितपुर स्पोर्ट्स क्लबमाथि कठीन जीत प्राप्त गर्दै विजेता बनेको हो । चेस पार्कले फाइनल खेल क्लासिकल ९० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्टमा २-२ अंक बराबर गर्दै यापिड चरण सम्म धकेल्न सफल बन्यो ।

क्लासिकल खेल रोमाञ्चक मोड लिदै बराबरीमा टुङ्गिएको थियो । पहिलो बोर्डमा चेस पार्कका एफएम रिजेन्द्र राजभण्डारीले स्पोर्ट्स क्लबका सिएम सजिन महर्जनसँग हार व्यहोरे भने चौथो बर्डको स्पर्धामा नेशनल वोमन च्याम्पियन सिन्दिरा जोशी बिनिता कपाली सित पराजित हुन पुगिन् ।

टिम गेममा चेस पार्कले २ अंग गुमाउदाको दबाब झेल्दै दोश्रो वोर्डमा खेलेका सुशील चौधरीले शैलेन्द्र न्यौपाने माथि जित गर्ता गरि १ अंकको खाता खोले भने तेश्रो वोर्डमा आशीष फूँयालले रिसोन थापाविरुद्ध टाइम आउट गराउदै टिमको स्कोर २-२ बनाए ।

लगत्तै प्रतिस्पर्धा यापिड चरणका प्रवेश भएको थियो । जहाँ रिजेन्द्र राजभण्डारी पुनः सजिनसँग पराजित भए । चेस पार्कका अन्य खेलाडी सुशील चौधरी, आशीष फूँयाल र सिन्दिरा जोशीले आआफ्नो खेल जितेर ३-१ अंकको स्कोर बनाउदै उपाधि जित्नमा योगदान पुऱ्याउन सफल बने ।

ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा सम्पन्न सातौं संस्करणको राष्ट्रिय क्लब टिम प्रतियोगिताको विजेता बनेसंगै थापाथली चेसपार्क क्लब हाट्रिक सहित तेस्रोपटक च्याम्पियन कहलिएका छन् । चेसपार्कले नगद २ लाख पुरस्कार प्राप्त गरे।

प्रतिस्पर्धामा आयोजक ललितपुर स्पोर्ट्स क्लब उप-विजेता बनेका छन् । क्लबले १ लाख २० हजार नगद पुरस्कार हात पार्न सफल भएका छन् । प्रतियोगिताको उच्च वरियता ललितपुर महानगरपालिका टिमले तेस्रो स्थानमा रहदै नगद ६० हजार प्राप्त गरेका छन् भने चौथो स्थान ओगटेका पूर्व च्याम्पियन दोलखा चेस होमले नगद ४० हजार हात पार्न सफल बनेका छन् ।

यसबीच आज सम्पन्न पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले विजेता क्लबलाई शील्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका छन् ।

समापन समारोहमा मन्तव्य व्यक्त गर्दै टंकलाल घिसिङले नेपाली खेलकुद नेपाल सरकारको मातहतमा रहनु पर्ने जिकिर गर्दै राज्यको न्यायालयले प्रदान गर्ने कुनै पनि निर्देशन सबैले निःशर्त पालना गर्नु पर्ने धारणा राखेका छन् । उनले भने बौद्धिक खेल बुद्धिचालले अनुशासन सिकाउछ। यसलाई सबैले समय मै अनुशरण गरे खेलकुद सहि ढंगबाट अगाडि बढ्‌ने वातावरण श्रृजना हुनेछ ।

कार्यक्रमका सभापति नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले बुद्धिचाल खेललाई आगामी राष्ट्रपति रनिङ्ग शिल्डमा समावेश गर्न निवेदन गर्दै हाल सबै खेल संघ भन्दा वढि गतिविधि गरेको संघमा चेस खेल रहेको दावी समेत गरेका छन् ।

नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले सञ्चालन गरेको समारोहमा विशेष अतिथिका रुपमा प्रतिष्ठानका कोषाध्यक्ष बाबुराम थापा, महासंघका उपाध्यक्ष धिरेन बोगटी, उप महासचिव मोनालिसा खम्बू लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *