ललितपुर । संकटा क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा सहज निकालेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बिहिबार भएको दोस्रो खेलमा संकटाले मछिन्द्र फुटबल क्लबमाथि ४-० को सहज जित निकालेको हो ।

संकटाको जितमा दिलान लिम्बुले दुई तथा दिवस राई र कृष्णबहादुर आलेले समान एक गोल गरे ।

खेलको २२औं मिनेटमा दिवसले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए । त्यसैगरी ३४औं मिनेटमा दिलानले गोल गर्दा संकटा २-० ले अघि बड्यो ।

कृष्णले ५९औं मिनेटमा संकटाका लागि तेस्रो गोल गरे । त्यसको १० मिनेटपछि नै दिलानले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई ४-० को सहज जित दिलाए ।

जितसँगै २१ खेलमा ४२ अंक जोडेको एपिएफ तेस्रो स्थानमा उक्लिएको छ । पराजित मछिन्द्र समान खेलबाट ३४ अंकका साथ पाँचौं स्थानमा छ ।

बिहीबारै सम्पन्न पहिलो खेलमा एपिएफले आर्मीलाई ७-२ को फराकिलो अन्तरले हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *