काठमाडौं । नेपालका प्रिन्स दाहाल र रसिला महर्जनको जोडी काठमाडौंमा जारी योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ अन्तर्गत मिक्स युगलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

यससँगै प्रिन्स र रसिलाको जोडीले कम्तीमा कांस्य पदक पक्का गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार प्रिन्स र रसिलाको जोडीले क्षितिज खनाल र शोभा गौचनको जोडीलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

प्रिन्स र रसिलाको जोडीले खेल २१-११, २१-१२ ले आफ्नो पक्षमा पार्यो ।

सेमिफाइनलमा प्रिन्स र रसिलाको जोडीले थाइ जोडी नोनताकोर्न थोङ अन र कोडचापोर्न चाइचनाको जोडीको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *