बुटवल । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा बुटवलमा मदन भण्डारी गोल्डकप ईन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप २०८१ आयोजना हुँदैछ

पौष १७ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । प्रतियोगिताको तयारी पूरा भएको एकेडेमीले जनाएको छ ।

प्रतियोगितामा नेपाल र भारतका विभिन्न आठ वटा टिमले प्रतिष्पर्धा गर्दैछन् । ती समुहमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएएफ क्लब, मणिमुकुन्द भलिबल क्लब, गुजरात स्टेट भलिबल एशोसिएशन (भारत), गलकोट भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र रहने छन् ।

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार प्रतियोगिता बुटवलस्थित रामनगर खेलमैदानमा आयोजना हुनेछ । प्रतियोगितामा प्रथम पुरस्कार ७ लाख, द्वितीय पुरस्कार ३ लाख ५० हजार, तृतीय पुरस्कार १ लाख ७५ हजार र सान्त्वना पुरस्कार १ लाख रुपैया नगद तथा ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ ।

उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधामा आकर्षक पुरस्कार रहनेछन् । पुस १६ गते बुटवलमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *