सिन्धुपाल्चोक । प्रविण घले स्मृति कप खुल्ला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको दोस्रो संस्करण पुस अन्तिम साताबाट सुरु हुने भएको छ।

लिल फङ (घले समाज) सिन्धुपाल्चोकको आयोजनामा हुने प्रतियोगिता पुस २४ देखि माघ १ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख ६० हजार तथा उपविजेताले ८० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको पुरस्कार राशी गत वर्षको तुलनामा करिब ९ हजार रुपैयाँले बढी हो।

गत संस्करण रोयल फ्यामिली चौताराले बाहदेवी युवा क्लब बाह्रबिसेलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले स्तब्ध पार्दै उपाधि जितेको थियो ।

प्रतियोगितामा सहभागिताका लागि पुस २० गतेसम्म ७ हजार ५०० रुपैयाँ तिरेर टिम दर्ता गर्न सकिनेछ । प्रतियोगिता अवधिभर सहभागि टिमका खेलाडीको बिमा पनि रहने आयोजकले जनाएको छ।

प्रतियोगितामा जम्मा १६ टिम सहभागी गराउने आयोजकले जनाएको छ । प्रतियोगिताका सबै खेल सदरमुकाम चौतारास्थित मिनी रंगाशालामा सञ्चालन हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *