ललितपुर | अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि दोस्रो संस्करणको एन्फा यू-१६ युथ लिग आजदेखि सुरु हुने भएको छ ।

११ टिमले प्रतिस्पर्धा गर्ने लिगमा चर्च ब्वाइज युनाइटेड र संकटा एफसीबीच शुक्रबार उद्घाटन खेल हुनेछ । खेल दिउँसो १२ बजे एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।

त्यसैगरी दिउँसो ३ बजे हुने दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र मछिन्द्र फुटबल क्लब भिड्नेछन् । हिमालयन शेर्पाले यो प्रतियोगितामा डेब्यु गर्न लागेको हो ।

लिगमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा एफसी, फ्रेन्ड्स क्लब, एफसी खुमलटार, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्याङदी क्लब, एनआरटी र हिमालयन शेर्पा क्लबको सहभागिता छ ।

लिगका खेलहरु डबल राउन्ड रोविनका आधारमा खेलाइने छ । गत संस्करणको लिगको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *