श्रीलंकालाई दोश्रो टेष्टमा १०९ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले २-० ले श्रृंखला जित्न सफल भएको छ । दक्षिण अफ्रिकाले श्रीलंकालाई जितको लागि ३४८ रनको लक्ष्य दिए पनि श्रीलंका २३८ रनमा अल आउट भएको थियो ।
श्रीलंकाको लागि कप्तान धनन्जय डिसिल्वाले ५० र कुशल मेन्डिजले ४६ रन बनाउँदै ९७ रनको साझेदारी गरेपपनि अन्य ब्याट्सम्यानहरु योगदान गर्न नसक्दा श्रीलंका २३८ रनमा समेटिएको थियो । श्रीलंकालाई सस्तैमा समेट्न दक्षिण अफ्रिका स्पीनर केशव महाराजले ७६ रन दिएर पाँच विकेट लिएका थिए ।
दक्षिण अफ्रिकाले पहिलो इनिङमा ३५८ रन बनाएको थियो भने श्रीलंकाले ३२८ रनमा अल आउट भएको थियो । त्यस्तै दक्षिण अफ्रिकाले दोश्रो इनिङमा ३१७ बनाएको थियो । यसरी श्रीलंकाले जितको लागि ३४८ रनको विजय लक्ष्य पाएपनि २३८ रनमै समेटिएको थियो ।
श्रीलंकाले अन्तिममा ६ रन जोड्दा तीन विकेट गुमाएको थियो । दक्षिण अफ्रिाका श्रीलंकालाई २-० ले पराजित गरेसँगै विश्व टेष्ट च्याम्पियनसिप अङ्क तालिकामा शिर्ष स्थानमा उक्लिन सफल भएको छ ।
