नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही र पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका राजेन्द्र विष्ट अस्ट्रेलियाको सिड्नीमा भएको नेपाली समूदायबिचको आँठौं महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२४ मा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

राजेन्द्रले आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । फाइनलमा उनकै उच्च प्रदर्शनमा ढोरपाटनले गल्कोट समाजलाई पराजित गर्न सफल भएको थियो । राजेन्द्र गत अक्टोवरमा भएको च्याम्पियनसिपम पनि सर्वोत्कृष्ट खेलाडी बनेका थिए ।

अरुणाले आफ्नो टोलीलाई फाइनलसम्म पु¥याएपनि उपाधि भने दिलाउन सकिनन् । सेटर रहेकी उनले यस च्याम्पियनसिपमा भने स्पाइकरको भुमिकामा खेलेकी थिइन् । सर्वोत्कृष्ट बनेका अरुणा र राजेन्द्रले समान १ सय अस्ट्रेलियन डलर र ट्रफी प्राप्त गरे ।

अवर्न बास्केटबल सेन्टर लिडकममा भएको एक दिने प्रतियोगिताको पुरुषतर्फको फाइनलमा ढोरपाटनले गल्कोट समाज अस्ट्रेलियालाई ३-२ को सेटमा पराजित गर्दै उपाधि जितेको छ ।

महिलामा म्याग्दी काली युनाइटेडले आयोजक म्याग्दी जलजला परिवार अस्ट्रेलियालाई ३-० को सोझो सेटमा पराजित गर्दै उपक जित्न सफल भएको थियो ।

Hamro Khelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *