आरोहण शर्मा फुयाल, विराटनगर

कुवेतमा जारी अरबियन गल्फ कपको सेमिफाइनल समीकरण पुरा भएको छ ।

समुह चरणका खेल शनिबार सकिएपछि समुह बी बाट साउदी अरब विजेता र बहराइन उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् ।

शनिबार राती भएको खेलमा साउदी अरबले इराकलाई ३-१ ले पराजित गरेको थियो भने यमनले बहराइनलाई २-१ ले पराजित गरेको थियो । हारका बाबजुद बहराइन सेमिफाइनल प्रवेश गरेको हो । समूह बी बाट यमन र इराक बाहिरिएका छन् ।

यसअघि समुह ए बाट ओमान विजेता र आयोजक कुवेत उपविजेता हुँदै सेमिफाइनलमा पुगेका थिए । समूह ए बाट युएई र कतार बाहिरिएका थिए ।

मंगलबार हुने सेमिफाइनलमा ओमानले बहराइनसँग तथा साउदी अरेबियाले कुवेतसँग खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *