सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदै छ ।

७२ होलको चार दिने प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गरी ४५ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको कुल पुरस्कार राशि सात लाख ३५ हजार नगद पुरस्कार रहेको नेपाल प्रोफेसनल गल्फर्स संघ (पिजिए नेपाल) का महासचिव दीपक आचार्यले जानकारी दिए ।

विजेताले एक लाख ५० हजार प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः ८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन् । चौथो हुनेले ५५ हजार र पाँचौं हुनेले ४८ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

३६ होलको समाप्तिमा कट लागु हुनेछ । उत्कृष्ट २१ प्रोफेसनल गल्फर तथा प्रो-कट बनाउने एमेच्योरले अन्तिम दुई दिनको लागि स्थान बनाउने छन् । कट बनाउने सबै प्रो-गल्फरले नगद पुरस्कार हात पार्नेछन् ।

डिफेन्डिङ च्याम्पियन नीरज तामाङ, नेपाल नम्बर एक प्रो-भुवन नगरकोटी, रवि खड्का र दिनेश प्रजापति प्रमुख दाबेदार खेलाडी हुन् । उनीहरूलाई पछिल्लो प्रतियोगिताको विजेता एमेच्योर खेलाडी राहुल विश्वकर्मा र नेपाल नम्बर एक एमेच्योर सद्भाव आचार्यले कडा चुनौती दिने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *