पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिगको सार्वजनिक गरिएको छ । मंगलबार एक कार्यक्रम गर्दै केडिया ग्रुपले लिगको नाम, लोगो र स्लोगन सार्वजनिक गरेको छ ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले लोगो अनावरण गरे भने यस्तै मन्त्री चौधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रुपमा ‘उचाईको नयाँ उडान’ नामक स्लोगान सार्वजनिक गरेका थिए ।

लिग आयोजनाका लागि नेपाल भलिबल संघले केडिया ग्रुपसँग ७ वर्षको सम्झौता भएको छ । यस वापत भलिबल संघलाई केडिया ग्रुपले वार्षिक ३५ लाख रुपैयाँ दिनेछ ।

सो अवसरमा लिगमा ६ टिम सहभागी हुने र लिग सिंगल राउन्ड रोबिनका आधारमा हुने जानकारी दिइयो । ९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुनेछ भने शीर्ष दुई टिमले उपाधिका लागि भिड्ने छन् ।

लिगान प्रत्येक टिममा १२ खेलाडी रहने छन् भने जसमा ९ नेपाली र ३ विदेशी खेलाडी हुने लिगका अपरेशन हेड विकास खेतानले जानकारी दिए ।

पहिलो पटक आयोजना हुन लागेको लिगको मिति र टिमको नाम भने केही समयपछि सार्वजनिक गर्ने तयारी रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *