विराटनगर टेबल टेनिसको आयोजनामा भएको ‘स्व. शंकरलाल राठी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता-२०८१’ बुधबार सम्पन्न भएको छ ।
प्रतियोगिताको अन्तिम दिन जुनियर, सब-जुनियर र क्याडेट तर्फका विभिन्न विधाका खेलहरु सम्पन्न भएको हो । जुनियर ब्वाइज सिङल्सतर्फ बुढानिलकण्ठ स्कुलका रुपेश श्रेष्ठले एभरेष्ट स्कुलका सुशान्त मेहतालाई ११-८, १३-११, ४-११,११-९ सेट स्कोरले पराजित गरि प्रथम स्थान प्राप्त गर्न सफल भए । लिलिपुट स्कुलका श्रीजल प्याकुरेल र एभरेष्ट स्कुलका सक्षम बस्नेत संयुक्त रुपमा तृतीय भए ।
जुनियर गर्ल्स सिङल्सतर्फ सेन्ट मेरिज स्कुलकी बिज्ञता थापाले एभरेष्ट स्कुलकी कृपा पोखरेललाई ८-११,८-११,११-६,११-८,११-७ सेट स्कोरले पराजित गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भइन । बुढानिलकण्ठ स्कुलकी आकृति मगर र सेन्ट जोसेफ स्कुलकी अनोखी साह संयुक्त रुपमा तृतीय भए ।
सबजुनियर ब्वाइज सिङल्सतर्फ बुढानिलकण्ठ स्कुलका आदर्श राजबंशीले अरनिको स्कुलका आयुद्द भण्डारीलाइ ११-३,६-११,१०-१२, ११-८,११-५ सेट स्कोरले पराजित गर्दै प्रथम भए । बुढानिलकण्ठ स्कुलका आयन श्रेष्ठ र सोही स्कुलका प्रेम राज थापा संयुक्त रुपमा तृतीय भए ।
सब-जुनियर गर्ल्स सिङल्स्तर्फ श्री श्री रविशंकर विद्या मन्दिरकी स्वस्तिका चौधरी प्रथम भइन, एभरेष्टकी आशना कटवाल द्वितीय, बुढानिलकण्ठकी मानसी तामाङ र सेन्ट मेरिजकी आर्या पराजुली संयुक्त रुपमा तृतीय भए ।

क्याडेट ब्वाइज सिङल्सतर्फ एभरेष्ट स्कुलका रेहान यादव प्रथम, बिकेभिएमका ऋषि साह द्वितीय, पिटर प्यान प्ले पेनका नीर जङ थापा र पोखरिया माविका रक्ष बुढा संयुक्त रुपमा तृतीय भए ।
क्याडेट गर्ल्स सिङल्स्तर्फ श्री श्री रविशंकर विद्या मन्दिरकी प्राप्ती सेढाइ प्रथम, अरनिकोकी स्वर्णिमा कोइराला द्वितीय, अरनिकोकै साइना अधिकारी र सेन्ट मेरिजकी अध्यता गौतम संयुक्त रुपमा तृतीय भए । प्रतियोगीताका उत्कृष्ट खेलाडी बिकेबिएमका अभिराज मेहता घोषित भए भने उदयीमान खेलाडीको पुरस्कार जेम्स इन्टेरनेशनलका बिनायक कार्कीले प्राप्त गरे ।
समापन समारोहमा प्रदेश सभा सदस्य भीम पराजुली प्रमुख अतिथिको रुपमा उपस्थित थिए । विराटनगर टेबल टेनिस क्लबका अध्यक्ष बिकेन थापा, सचिव राजेश भट्टराई, अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्षद्वय अनुज बाँनिया र मनोहर पोखरेल, वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरिक्षक बुद्ध श्रेष्ठ, भुपु राखेप वरिष्ठ प्रशिक्षक ध्रुव क्षेत्री लागायतले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए।
