तोरण शीर्ष स्थानमा कायमै

२०८१, १२ मंसिर बुधबार १७:०९

सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्यनेपाल सेन्ट्रल ओपनको तेस्रो दिन तोरण विक्रम शाही समग्रमा११-अन्डर २०५ को स्कोरमा शीर्षस्थानमा कायमै रहेका छन । उनले आज १-अन्डर ७१ को स्कोर निकाल्दा एमेच्योरद्वय सदभाव आचार्य रराहुल विकेलाई चार स्ट्रोकले पछि पार्दै उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन ।

एमेच्योरद्वय सदभाव र राहुल ५४-होलको समाप्तिमा ७-अन्डर २०९को स्कोरमा संयुक्तरुपमा दोस्रो स्थानमा रहे । गोकर्ण गल्फ क्लबमाआज डिफेन्डिङ च्याम्पियन सदभावले दिनको उत्कृष्ट कार्ड निकाले । ६- अन्डर ६६ को प्रदर्शनमा उनी दोस्रो स्थानमा उक्लिए । राहुलले२-अन्डर ७० को स्कोर दर्ज गरे ।

धरानका प्रो निरज तामाङले १-अन्डर ७१ को स्कोर जोडे । समग्रमा ४-अन्डर २१२ सहित चौथो स्थानमा उक्लिए । दाबेदार नेपाल नम्बरएक भुवन नगरकोटीले ५-ओभर ७७ को खराब प्रदर्शन गरे । योप्रदर्शनमा उनी समग्रमा १-अन्डर २१५ सहित पाँचौ स्थानमा तल झरे। जयराम श्रेष्ठले आज १-अन्डर ७१ को स्कोरमा, समग्रमा इभन-पार२१६ को नतिजा निकाल्दै छैटौं स्थानमा छन ।

समग्रमा २-ओभर २१८ सहित रवि खड्का, कृष्णमान राजबाहक, राजेन्द्र थापा मगर र सुनिल केसीले संयुक्तरुपमा सातौं स्थान बाँडे । रवि र कृष्णमानले समान १-अन्डर ७१ मा तेस्रो दिनको खेल सकाए । राजेन्द्रले २-ओभर ७४ खेले। फाइनल ग्रुपमा खेलेका सुनिललेबिर्सनलायक ९-ओभर ८१ को स्कोर निकाले। यो स्कोरमा उनी पाँचस्थान तल झरे ।

अनुभवी तोरणले तेस्रो दिनको सुरूवात सानदार गरे। पहिलो, दोस्रो, पाँचौं र छैटौं होलमा बर्डी प्रहार गरे । ६ होल सकिंदा ४-अन्डर स्कोरगरिसकेका थिए भने नवौ होलको बोगीले फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए । तर यसपछि ब्याक नाइनमा तोरणले लय गुमाए । १२औं, १५औं र १६औं होलमा एक-एक सट खेर फाले । १३औं होलकोबर्डीका बाबजुद ब्याक नाइन २- ओभर ३८ मा सकाउन बाध्य भए । तरपनि अन्तिम १८ होलको खेल बाँकी छँदा उनले आफ्नो अग्रता ४स्ट्रोकमा पुर्याएका छन ।

सदभावले दिनकै उत्कृष्ट स्कोर कार्ड तयार गर्नेक्रममा कुल सात बर्डीप्रहार गरे । पहिलो, तेस्रो र सातौं होलमा एक-एक सट बचाउँदा फ्रन्टनाइन ३-अन्डर ३३ मा सकाए । यसपछि ११औं देखि १४औं होलमालगातार चार बर्डी प्रहार गरे । १५औं होलको बोगीले ब्याक नाइन३-अन्डर ३३ मा पुरा गरे ।

अर्का एमेच्योर राहुलले सातौं र नवौं होलको बर्डीको मद्दतमा फ्रन्टनाइन २-अन्डर ३४ मा पुरा गरे । ११औं होलको बोगी विरूद्ध १५ औंहोलको बर्डीले ब्याक नाइन इभन-पार ३६ मा सकाए ।

चौथो स्थानमा रहेका निरजले फ्रन्ट नाइन १-ओभर ३७ र ब्याक नाइन२-अन्डर ३४ मा खेले । उनले पहिलो र सोहीँ होलमा एक-एक सट खेरफाले भने १२औं, १५औं र १७ औं होलमा बर्डीको सफलता प्राप्त गरे ।

चार दिन सम्म चल्ने प्रतियोगिताको कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको छ । जहाँ विजेताले १ लाख ५० हजार, तथा दोस्रो र तेस्रोहुने खेलाडीहरूले क्रमश १ लाख र ७५ हजार प्राप्त गर्नेछन । शिर्ष २१मा पर्ने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *