१९ वर्षपछि रिङमा उत्रिएका अमेरिकी बक्सर माइक टाइसन आफ्नै देशका ज्याक पलसँग पराजित भएका छन् ।
टेक्सस स्थिती एटी एन्ड टी रंगशालामा ५८ वर्षीय टाइसन २७ वर्षका पलसँग ७८-७४ ले पराजित भए । सन् २००५ पछि पहिलोपटक व्यावसायिक खेल खेलेका टाइसन दुई बाउटमा भने अगाडि रहे । तर, पछिल्लो चार राउन्डमा भने पछि परेका हुन् ।
आठ राउन्डको हेवीवेट फाइट हेर्न ७० हजार दर्शक रंगाशाला पुगेका थिए । टेक्सास डिपार्टमेन्ट अफ लाइसेन्सिङ र रेगुलेसनले अनुमती दिएको फाइटका प्रत्येक राउन्ड दुई मिनेटको थियो ।
यो खेलको प्रत्यक्ष प्रसारण नेटफ्लिक्समा भएको थियो । धेरै युजर भएपछि नेटफ्लिक्स ६ घण्टा ठप्प भएको थियो । खेल २७ करोड युजरले हेरेको दाबी छ । यसअघि खेलको अघिल्लो दिन टाइसनले पाउलको गालामा हानेपछि खेल हेर्न झनै दर्शक बढेका थिए । त्यसैले खेल पनि निकै रोमाञ्चक रह्यो ।
