सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यु-२० च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ भएको छ ।
राष्ट्रिय खेकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघको अध्यक्ष जितेन्द्रबहादुर चन्द्र, उपाध्यक्ष भरत शाह, प्रशिक्षक जगदिश भट्टलगातयले मंगलबार टोलीको बिदाइ गरे ।
च्याम्पियनसिप अगामी असोज २० देखि २६ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुँदैछ ।
नेपाली टोली
पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सूर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जितबहादुर कार्की, सुजन सुनार, रेसमन राहादी, दिनेश कुँवर
