केन्याली धावक रुथ चेपेन गेटिचले महिला म्याराथनमा विश्व कीर्तिमान बनाएकी छन् ।

३० वर्षीया रुथले सिकागो म्याराथनमा दुई घण्टा ९ मिनेट ५७ सेकेन्डमा निर्धारित दुरी पूरा गरेकी हुन्। उनले इथोपियाकी टिगेस्ट आसेफालाई करिब दुई मिनेटले उछिनेकी हुन् । म्याराथनमा दुई घण्टा १० मिनेट भन्दा कम समयमा दौड पूरा गर्ने रुथ पहिलो महिला हुन् ।

आसाफले सन २०२३ को बर्लिन म्याराथनमा दुई घण्टा एघार मिनेट ५३ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । २०२९ को विश्व म्याराथन च्याम्पियन रुथले कीर्तिमान बनाएपछि आफ्नो सपना पूरा भएको प्रतिकृया दिइन् । विश्व कीर्तिमानका लागि गरेको त्याग र मेहनत सफल भएको उनको भनाइ थियो ।

सिकागोमा रुथको यो तेस्रो जित हो। पुरुष तर्फको उपाधि पनि केन्याकै जोन कोरिरले जिते । उनले दुई घण्टा दुई मिनेट ४४ सेकेन्डमा दौड पूरा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *