एभरेष्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा कर्णाली यसभिसले लगातार तेस्रो जित हासिल गरेको छ ।
प्रतियोगिताको तेस्रो दिन बुधबार कर्णालीले ललितपुर क्विन्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
जितसँगै कर्णालीले तीन खेलबाट आठ अंक जोडेको छ । पहिलो खेलमा मधेश युनाइटेडलाई पराजित गरेको कर्णालीले दोस्रो खेलमा गण्डकीविरुद्ध जित हासिल गरेको थियो ।
ललितपुरको यो पहिलो हार हो । पहिलो खेलमा ललितपुरले काठमाडौं स्पाइकर्सलाई हराएको थियो भने दोस्रो खेलमा मधेशलाई पराजित गरेको थियो ।
बुधबार दिनको दोस्रो खेलमा काठमाडौं स्पाइकर्सले गण्डकी थण्डर्स र तेस्रो खेलमा चितवन शक्तिले मधेश युनाइटेडको सामना गर्नेछ ।
गण्डकी र मधेश पहिलो जितको खोजीमा हुनेछ ।
